१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले प्रदेश नं. १ र ७ का उम्मेदवार शुक्रबार टुङ्याउने



काठमाडौँ, नेपाली कांग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बिहिबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवं वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश नं दुई र पाँचका विषयमा छलफल गर्न शुक्रबार फेरि पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको बैठक बस्ने उनले बताए । कांग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । बिहिबारको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताको सहभागिता थियो । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार ००:००