५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय जनप्रतिनिधी भन्छन्ः निरंकुश व्यवस्थाको कल्पना गर्न पनि सकिँदैन



शुक्रबार काठमाडौंमा राजावादीहरूले तीनकुने क्षेत्रमा गरेको तोडफोड र आगजनीको स्थानीय जनप्रतिनिधीले भत्सर्ना गरेका छन् ।

स्थानीय तहहरूको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गरि नीजि तथा सार्वजनिक संरचना, नगरपालिकाको सवारी साधन, राजनीतिक दलको कार्यालय र सञ्चार गृहहरूमाथी गरिएको तोडफोडको बिरोध जनाएका हुन् ।

महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीम ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ समुन्नत लोकतान्त्रिक व्यवस्था मात्र हो र प्रतिगमन तथा निरंकुश शासन व्यवस्थाको कुनै कल्पना गर्न सकिँदैन । पछिल्ला घटनाक्रम हेर्दा यो व्यवस्थामाथीकै प्रहार भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भका रुपमा रहेका हामी स्थानीय सरकारका ३५ हजार जनप्रतिनिधीहरू यसप्रकारका अभियान तथा घटनाको बिरोध गर्दै व्यवस्थाको संरक्षण र संवद्र्धनमा डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार ००:००