१३ मंसिर २०८२, शुक्रबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीघाट रोराङ र नीलकण्ठ लीजामा उत्कृष्ट



स्थानीय सरकारको सँस्थागत क्षमता स्वमूल्यांकन (लीजा) मा बेनीघाट रोराङ नगरपालिका र नीलकण्ठ नगरपालिका उत्कृष्ट भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिकातर्फ बेनीघाट रोराङ र नगरपालिकातर्फ उत्कृष्ट भएका हुन् ।

यसैगरि गाउँपलिका तर्फ गुल्मीको रुरुक्षेत्र र स्याङ्जाको अर्जुनचौपारी क्रमसः द्धितिय र तितृय भएका छन् । नगरपालिकातर्फ चितवनको खैरहनी र रुपेन्देहीको तिलोत्तमा क्रमसः द्धितिय र तितृय भएका छन् ।

उत्कृष्ट १० भित्र नगरपालिकाहरूले बर्चश्व कायम गरेको छ । पाँचौदेखि दशौसम्म उत्कृष्ट भएका नगरपालिकाहरूमा क्रमशः रुपन्देहीको देवदह, कपिलवस्तुको बाणगंगा, चितवनको रत्ननगर, पाल्पाको तानसेन, इलामको सूर्योदय र इलाम छन् ।

यसैगरि गाउँपालिका तर्फ बेनीघाट रोराङ, रुरुक्षेत्र र अर्जुनचौपारी उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वन गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

“हिजोको केन्द्रीकृत व्यवस्थाले जनतालाई अधिकारसम्पन्न बनाउन र सेवाप्रवाह गर्न नसकेको हुँदा संघीयतामा गएका हौँ,” मन्त्री न्यौपानेले भनिन्, “तीन तहको सरकारमध्ये स्थानीय सरकार जनतासँग जोडिएको सरकार हो । त्यसैले स्थानीय सरकारको प्रभावकारी कार्यसम्पादनविना संघीयता कार्यान्वयन हुन सक्दैन ।”

यसैगरि मन्त्री न्यौपानेले स्थानीय शासन कार्यसम्पाद मूल्यांकन प्रणाली (एलजीपास) को पनि उद्घाटन गरेकी छन् ।

मन्त्रालयले स्थानीय सरकार सँस्थागत क्षमता स्वमूल्यांकन (लीजा), स्थानीय तह आर्थिक सुशासन जोखिम मूल्यांकन प्रणाली र स्थानीय आर्थिक विकास मूल्यांकन प्रणालीलाई एकीकरण गरि एलजीपास सुरूवात गरेको हो ।

स्थानीय सरकारहरूले आफूले गरेको कामहरूलाई प्रणालीमा इन्ट्री गर्ने र त्यसका आधारमा मूल्यांकन गरि नतिजा निकाल्ने गरिन्छ ।

“सूचकहरू धेरै छन् । त्यसमध्ये असार मसान्तभित्र बजेट ल्याउने र महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण गर्ने कार्यलाई गर्नै पर्ने कामको सूचीमा राखिएको छ,” मन्त्रालयका उपसचिव रेशमलाल कँडेलले भने, “अहिलेसम्म लीजामार्फत मूल्यांकन गरिरहेका थियौँ । अब तीन वटा रिर्पोटिङ प्रणालीलाई एकीकृत गरेर बनाइएको एलजीपासमार्फत मूल्यांकन गरिनेछ ।”

आर्थिक बर्ष ०८०/८१ मा ७ सय ३२ गाउँपालिका र नगरपालिकाको लीजा मूल्यांकन गरिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ००:००