१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटना दर्ताको महत्व, समस्या र समाधान



मुलुकमा बसोबास गर्ने प्रत्येक व्यक्तिको जन्म, मृत्यु लगायतका महत्वपूर्ण व्यक्तिगत घटनाहरूलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता वा पञ्जीकरण भनिन्छ ।

सबैजसो देशहरुले घटना दर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यताअनुसार फरक पर्ने गर्छ । जसअन्तर्गत सम्बन्धित कार्यालयहरूले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरण सम्बन्धी कार्यहरू पर्दछन् ।

गायत्रीरमण घिमिरे
प्रमुख¸ पञ्जीकरण तथा सामाजिक सुरक्षा उप–शाखा, धुलिखेल नगरपालिका

बच्चा जन्मिएपछि उसको पहिलो प्रशासनिक भेट वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी हुने जन्मदर्ता प्रमाणपत्रमार्फत हुने गर्दछ ।

जन्म दर्ताकै आधारमा व्यक्तिको पहिचान हुने गर्दछ । कानूनी मान्यता र आजीवन सुरक्षा सुनिश्चितताको साथै अन्य सबै किसिमका अधिकारहरूको प्रयोगका लागि महत्वपूर्ण औजारको रुपमा जन्म दर्तालाई लिन सकिन्छ । विश्वव्यापी रुपमा हेर्ने हो भने ५ बर्ष मुनिका एक चौथाई बालबालिका प्रशासनिक रेकर्डमा समेटिन सकेका छैनन् ।

दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबैको पहिचान कायम गर्ने लक्ष्य राखिएको छ । घटना दर्ता अन्तराष्ट्रियस्तरमा महत्व पाएको विषय पनि हो ।

एसिया र प्रशान्त क्षेत्रका लागी संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगसँग नेपालले सन् २०२४ सम्म आफ्ना सबै नागरिकको जन्मदर्ता शत प्रतिशत पुर्याउने प्रतिवद्धता गरेको छ ।

साथै अन्य व्यक्तिगत घटना दर्तामा समेत उल्लेख्य बृद्धि गर्नु पर्ने भएकोले सोही लक्ष्य हासिल गर्नेतर्फ अगाडी बढ्नु पर्ने छ । घटना दर्ता कार्यक्रम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सक्रियतामा स्थानीय तहहरु मार्फत अनलाईन प्रवृष्टि गर्ने कार्यक्रम छ । जसले पैंतालिस प्रतिशतभन्दा बढी जनसंख्या ओगटेको छ । घटना दर्ताको सघन अभियानबाट ती लक्ष्यहरू पुरा हुन सक्ने देखिन्छ ।

घटना दर्ताको कानूनी व्यवस्था

नेपालमा जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराई, धर्मपुत्र तथा धर्मपुत्री दर्ता र भ्रुण मृत्युलाई कानूनले समेटेको छ । यसैगरि संयुक्त राष्ट्रसंघले प्रत्यक्ष जन्म, मृत्यु, भ्रुण मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, अलग बस्ने, अंगीकार, कानूनी व्यवस्था, मान्यता र विवाह रद्दलाई मुख्य घटनाको रुपमा परिभाषित गरेको छ ।

व्यवस्थित पञ्जीकरणले पार्ने प्रभाव

पञ्जीकरण व्यवस्थित हुँदा यसले पार्ने बहुआयमिक सकरात्मक प्रभाव पार्छ । पहिलो त व्यक्तिको कानूनी पहिचान स्थापित हुन्छ । व्यक्तिले गर्नुपर्ने सरकारी काममा घटना दर्ताको प्रमाणपत्रलाई घटेको घटनाको प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।

जस्तै जन्मदर्ताका आधारमा विद्यालय भर्ना, नागरिकता प्राप्ति, बैंक खाता खोल्न, बैदेशिक जान, नाबालक परिचयपत्र बनाउन काम गर्दै आएका छौँ ।

यसैगरि व्यवस्थित पञ्जीकरणले राष्ट्रको नीति निर्माणलाई वस्तुपरक बनाउन मद्दत गर्छ । व्यवस्थित पञ्जीकरणले सही तथ्यांक दिन्छ । सही तथ्यांकले प्रक्षेपित योजनाहरूलाई सफल बनाउँछ ।

सहि तथ्यांक छैन भने योजनाहरू हचुवामा बन्छन् । हचुवामा बनेका योजना सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले योजना तथा नीति निर्माण गर्दा व्यक्तिगत घटना दर्ताको जनसांख्यिक तथ्यांक महत्वपूर्ण मानिन्छ ।

यसैगरि व्यवस्थित पञ्जीकरणबाट जनसांख्यिक तथ्यांक प्राप्त हुन्छ । शत प्रतिशत घटना दर्ता भएमा हरेक १० बर्षमा जनगणना गर्नु नपर्ने भई राज्यको ठूलो धनराशी बचत हुन्छ ।

विश्वव्यापीकरण तिव्र रुपमा भैरहेको आजको युगमा व्यक्तिगत घटनाले सम्बन्धित देशमा मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत प्रभाव पारेको देखिन्छ ।

धुलिखेल नगरपालिकामा पञ्जीकरणको अवस्था

धुलिखेल नगरपालिकामा ब्यक्तिगत घटना दर्ता अर्थात पञ्जीकरणको अवस्था राम्रो छ भन्न सकिन्छ । हामीले २०३६ बैशाख १ गतेदेखि अनलाईन हुनुभन्दा अगाडीसम्मका सम्पूर्ण डाटाहरू डिजिटाईजेशन गरिसेका छौँ । हाल अनलाईनमार्फत घटना दर्ताको काम भईरहेको छ ।

दर्ता शिविर सञ्चालन र घरदैलोमार्फत तथ्यांक संकलन गरि सबै घटनाको दर्ता कार्य सम्पन्न भएको छ । २०७२ चैत्र देखिका सम्पूर्ण घटनालाई अनलाईनमार्फत दर्ता गरिएको छ ।

त्यसदेखि यता अहिलेसम्म अनलाईन इन्ट्रीलाई निरन्तरता दिईएको छ । केही छुटेको हुन सक्ला ! यसबाट धुलिखेलमा ९८ प्रतिशत घटना दर्तामा समेटिएको निश्कर्षमा पुग्न सकिन्छ ।

यसका फाईदाहरू,

१) घटना दर्तामा दोहोरोपना नहुने

२) प्रत्येक नागरिकको विशिष्ट पहिचान संख्या (व्यक्तिगत आईडी) सृजना हुने र यसले अन्य सरकारी कार्यमा सरल र सहज हुने,

२) व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली सुरक्षित हुने भएकोले ढड्डा प्रणालीमा हुन सक्ने आगलागी तथा अन्य कारणले नासिने प्रवृतिबाट मुक्त भै म्बतब सुरक्षित हुने,

३) नागरिकले घरमा नै बसी अनलाईनमार्फत व्यक्तिगत घटना दर्ताको सूचना पेस गर्न सकिने,

४) जनसांख्यिक तथ्यांक एक क्लिकका भरमा प्राप्त गर्न सकिने,

५) केन्द्रबाट प्रत्येक दिन हुने व्यक्तिगत घटना दर्ताको अनलाईन अनुगमन गर्न सकिने,

६) सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्न सहज र सरल हुने,

७) प्रमाण पत्रमा एकरुपता हुने,

घटना दर्ताको समस्या र समाधान

अनलाईन व्यक्तिगत घटना दर्ता गर्न इन्टरनेट अत्यावश्यक छ । तर धुलिखेलसहित धेरै स्थानीय तहले इन्टरनेटको समस्या झेलिरहेका छन् । यसै गरि आम नागरिकमा घटना दर्ता प्रतिको साक्षरता कमजोर छ । । यसैगरि स्थानीय तहमा दक्ष जनशक्तिको अवाभ छ ।

वडा–वडाबाट अनलाईन घटना दर्ता गर्न सबै वडामा अप्टिकल फाईबर पुर्याउनु पर्दछ । यसैगरि नागरिक तहमा सचेतना अभियान सञ्चालन गर्नु पर्छ । साथै कर्मचारीलाई समायनुकुल तालिम, प्रोत्सहान सुविधाहरू दिइनु पर्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग अपेक्षा

१) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले घटनादर्तालाई अझ व्यवस्थित र चुस्त बनाउनका लागि हाल सञ्चालनमा रहेको व्यक्तिगत घटनादर्ता र सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा देशभित्रका जुनसुकै स्थानका नागरिकका घटनालाई हरेक पालिकाले दर्ता गर्नसक्ने बनाउने,

२) अस्पतालहरुमा जन्मिएका बच्चाको अस्पतालले नै दर्ता गर्ने

३) घाटहरूमा लाश जलाउँदा सोही स्थान वा त्यहीँको वडामा तत्काल मृत्यु दर्ताको व्यवस्था गराउने ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार ००:००