जेठ १२, हिलिहाङ । पाँचथरको फिदिम १ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाख बढीको क्षति भएको छ ।
विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम ४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।
राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित बनेका थिए । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।