२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग



फागुन २१, पशुपतिनगर । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् ।

लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौं र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।

साना खोलामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नभएपछि उपभोक्ताको पहलमा लघु जलविद्युत अयोजना सञ्चालनमा आएका थिए ।

ती आयोजनाका उपकरण पटक–पटक बिग्रने तथा बनाउन उपभोक्तालाई आर्थिक भार हुने गरेको फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताए ।

फाकफोकथुमको थावाखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या भएपछि उपभोक्ताले दुई हप्तासम्म अँध्यारोमा बस्नुपरेको थियो । टेलिभिजन र मोबाइल चार्जरमा क्षति पुगेको स्थानीयवासी भेषराज पराजुलीले बताए ।

घरमा बिजुली बाल्न सात हजारदेखि ६० हजारसम्म खर्च गरेका उपभोक्ता प्राविधिक समस्याका कारण सास्ती खेप्दै आएका छन् । उपभोक्तालाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । फाकफोकथुम र माङ्सेबुङमा लघुजलविद्युत् आयोजनाबाट एक हजारभन्दा बढी परिवारले विद्युत् उपभोग गर्दै आएका छन् ।

आयोजना मर्मत गर्न कोष नहुँदा मर्मत गर्न समस्या भएको हो । उपभोक्ताले मर्मतसम्भार गर्न नसक्ने भएकाले केन्द्रीय प्रसारण लाइन विस्तारको माग गरेका हुन् । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार ००:००