६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँको घिरिङ गाउँपालिकाका वडाध्यक्ष कुमाल थुनामा



माघ २९, दमौली । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।

गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले बताए ।

एक महीनामा दुई चितुवा मृत फेला

एक महीनाको अवधिमा तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा पुसयता दुई चितुवा मृत फेला परेका हुन् । भानु नगरपालिका–५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालीम केन्द्रमा पठाइने उनले बताए । यसअघि पुस २९ गते भानु नगरपालिका–२ मा भाले चितुवा मृत फेला परेको थियो । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००