१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संरक्षण अभावमा जीर्ण बन्दै दानुवा ताल



माघ २०, धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विमला चौधरीले बताइन् ।

उनका अनुसार सन् १९५८ भन्दा अघि नै उक्त तालमा पहाडमा खरखराई कटान जङ्गलमा घाँस दाउरा गर्न गएका बेला मानिसले पानी खान जाँदा त्यहाँ दानवहरुको समेत बस्ती रहेका कारण दानुवा ताल नामाकरण भएको थारू पुर्खाहरुको भनाइ छ ।

सो तालमा बाह्रै महीना अहिले पनि पानी जमिरहेको हुन्छ । निकुञ्जभित्रको जङ्गलमा रहेको दानुवा तालमा जङ्गली जनावर समेतले पानी खाने गरेका छन् । तालको संरक्षण नहुँदा वरिपरि झार उम्रिएको छ । पानी परेपछि चुरे पहाडबाट झरेको सबै पानी सोही तालमा जम्मा हुन्छ ।

सुनसान र घनघोर जङ्गलमा आकाशमा चीरवीर चराहरुको मात्रै आवाज आउँछ, जङ्गली जनावर मात्रै यो ताल वरिपरि देखिन्छन् । यो ताल वरिपरि मान्छे कोही नजिक पर्दैनन्, जाँदा पनि डराइडराइ हेर्न जान्छन् । ताल कहिलेदेखि बनेको हो आधिकारिक कसैलाई थाहा छैन ।

बर्दियाको सम्पत्तिको रुपमा रहेको यो दानुवा ताललाई राज्यले संरक्षण गर्नुपर्ने ठाकुरबाबा नगरपालिका स्थानीयवासीको भनाइ रहेको छ । रासस

प्रकाशित मिति : २० माघ २०७५, आइतबार ००:००