९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिपरको ठक्करबाट बालिकाको मृत्यु स्थिति तनावपूर्ण



माघ १४, विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट आज एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयवासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटचोकबाट विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना ३ ख ३३५५ नं को टिपरले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधादर्जन टिपरमा पनि तोडफोड गरी क्षति पु¥याएका छन् ।

स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार ००:००