२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहयोगापेक्षी सडक मानवमुक्त हेटौँडा घोषणा फागुनमा

लेखक स्थानीय खबर १४ माघ २०७५, सोमबार १ मिनेट पढाइ

माघ १४, हेटौँडा । मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा हुने भएको छ । यही फागुन ४ गते जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

घोषणासभालाई भव्य बनाउन आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा फागुन ४ पछि जिल्लाभर त्यस्ता व्यक्ति देखिए ससम्मान व्यवस्थापन गरिने उनले बताए । “बेसहराको व्यवस्थापन गर्नु राज्यको दायित्वभित्र पर्छ र त्यो दायित्व राज्यर्फबाट स्थानीय सरकारले पूरा गर्न पहल गर्नुपर्छ,” उनले भने ।

मानसिक सन्तुलन गुमाएकाको उपचारसहितको व्यवस्थापन, मागेर खानेको त्यहीअनुसार व्यवस्थापन गरिने उनको भनाइ थियो । परिवार भएर पनि बेसहारा भएकाको पनि नियमानुसार उचित व्यवस्थापन गरिने तथा मदिरा वा लागुऔषध सेवन गरेर चोक, चौतारा र बाटामा सुतेर जिल्लाका गाउँ शहरलाई कुरूप बनाउनेलाई कारवाही गरिने पनि उनले बताए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सहयोगापेक्षी सडक मानव मुक्त मकवानपुर अभियानमा उपमहानगरपालिका पूर्णरूपमा समाहित हुने बताए । उनले हेटौँडा नगरीसहित समग्र जिल्लालाई मानवताको जिल्ला बनाउन नगरपालिका लागि पर्ने पनि बताए ।

कार्यक्रममा जिल्लाका स्थानीय तह प्रमुख एवं प्रतिनिधि, मामाघर नामक अभियान चलाएर सडक बालबालिकालाई आश्रय प्रदान गर्नुभएका अर्पण पराजुली, २०० भन्दा बढी मानसिक सन्तुलन गुमाएका तथा अशक्त घाइते बिरामीलाई आश्रय प्रदान गरिरहेको सस्था मानव सेवा आश्रमका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।