८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेको कोहलपुरमा मेयर कप खेलकूद प्रतियोगिता



माघ ११, नेपालगञ्ज । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेलकूदको विकासका लागि प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरिरहेको बताएका छन् ।

बाँकेको कोहलपुरमा आज देखि शुरु दोस्रो अन्तर मावि मेयर कप रनिङ शिल्ड खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले शुरुआती चरणमा प्रदेश सरकारलाई काम गर्न गाह्रो भए पनि विस्तारै गति लिन थालेको बताए ।

कोहलपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको आज हुने भनिएको उद्घाटन सत्रको खेल भारी वर्षाका कारण स्थगित गरिएको छ । यसैगरी, नेपालगञ्जमा जारी मेयर कप फुटबल प्रतियोगिताको आजका खेल पनि वर्षाकै कारण स्थगित भयो । स्थगित खेल आईतबार हुने फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ००:००