१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा



माघ ११, काठमाडौं । सरकारले शुरु गरेको अभियान अन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा भएको बताए । “तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिसामुक्त घोषणा गर्न ढिलाई भएको हो,” उनी भन्छन् ।

अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिसामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ ।

यस्तै बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारले विसं २०६० को दशकदेखि शुरु गरेको उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । रासस

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ००:००