२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्षद्वारा आत्मसमर्पण

लेखक स्थानीय खबर ७ माघ २०७५, सोमबार १ मिनेट पढाइ

माघ ७, दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए ।

रेग्मीले गत कात्तिक १६ गते, त्यसअघि र पछि पनि आफूलाई पटक–पटक जबर्जस्ती बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

रेग्मीलाई पक्राउ पुर्जी दिई आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । वडाध्यक्ष रेग्मीले भने आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको बताउँदै आएका छन् । रासस

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।