८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीका दिपायल सिलगढी बाहेक सबै स्थानीय तह दमकल बिहीन



माघ १, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक सबै स्थानीय तहमा बारुणयन्त्र (दमकल) बिहीन रहेका छन् । डोटी जिल्लाका आठ स्थानीय तह दमकल विहीन रहेका छन् ।

जिल्लाका शिखर नगरपालिका र केआइसिंह, जोरायल, बोगटान, बडिकेदार, पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा दमकलको अभावमा आकस्मिक रुपमा आगलागी हुँदा आगो निभाउन समस्या भएको स्थानीय बासिन्दा बताउँछन् ।

गाउँपालिकाले अत्यावश्यक चिज दमकल किन्नुको साटो बरु डाँडाकाँडा भत्काउनका लागि डोजर किन्ने होडबाजी गरिरहेको बोगटान गाउँपालिकाका स्थानीयवासी रमेश बुढाले बताए ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बजेट अभावमा दमकल किन्न नसकेको बताए । उनी भन्छन्, “कतिपय गाउँमा सडकनै पुगेका छैनन् दमकल किनेर के काम बरु डोजर किने त सडक खनिन्छ र बाटो पु¥याइन्छ ।” रासस

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार ००:००