१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा झोलुङ्गे पुलको माग



पुस ३०, काठमाडौं । पहाडी क्षेत्रमा मात्रै माग हुने गरेकामा अहिले तराईमा समेत झोलुङ्गे पुलको माग हुन थालेको छ ।

तराईमा झोलुङ्गे पुलको निर्माण योजनामा पर्न थालेका सस्पेन्सन ब्रिज डिभिजनले जानकारी दिएको छ । तत्काल गाडी गुड्ने पुल नबन्ने ठाउँमा झोलुङ्गे पुल निर्माण हुने विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए ।

कतिपय ठूला खोला र वर्षामा मात्रै बग्ने खहरेमा पुलको माग भइरहेको मिश्रले बताए । पहाडका तुलनामा तराईमा झोलुङ्गे पुल निर्माण महङ्गो पर्ने उनले जानकारी दिए ।

उनले भने, “त्यसैले पनि बढी आवश्यक ठाउँमा पुल निर्माण गर्नैपर्छ, कम आवश्यक ठाउँलाई कम प्राथमिकता दिनुपर्छ ।” विभागले चालू आर्थिक वर्षमा १०० पुल निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । रासस

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार ००:००