असोज २८ ललितपुर । गोदावरी नगरपालिका भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आईतबार आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्दै ललितपुर जिल्लाको क्षेत्र नं १ काठमाडौँ उपत्यकाकै सबैभन्दा विकट क्षेत्र भएको तर सिंहदरबारले टाढा सम्झँदा अझै विकासका हिसाबले पछि परिरहेको बताए ।
प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारले जनतालाई बढी आवश्यक भएका क्षेत्रमा पहिले काम गर्नुपर्नेमा जोड दिए । पूर्वसांसद मदनबहादर अमात्यले ग्रामीण क्षेत्रमा सडक विस्तार हुँदै जाँदा धेरै जग्गा भूमाफियाको स्वामित्वमा गएको बताए । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भवन निर्माण समयमै सकिने दाबी गरे ।
भवन निर्माणका लागि नगरपालिकाले तुलसीभक्त ड्रागन जेभीसँग ठेक्का सम्झौता गरेको छ । साढे ६ रोपनी जग्गा रहेको भवनको लागत २१ करोड ४५ लाख रुपैयाँ छ । रासस





प्रतिक्रिया