४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रदेशलाई स्थापित गर्न ऐतिहासिक काम’



पुस २९, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताए । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उनको भनाइ थियो । प्रदेश सरकारले कानूनको अभावमा पहिलो वर्ष देखिने गरी केही गर्न नसकेकाले यस वर्ष कानूनलाई प्राथमिकता दिई काम गरिरहेको मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे ।

“गएको अधिवेशनमा १४ कानून पारित भएको थियो । अहिले २० विधेयक तयार गरेका छौँ । ऐतिहासिक अधिवेशनका रुपमा स्थापित गर्न सक्षम छौँ,” उनले भने । योजनाविहीन विकासले लक्ष्यमा पु¥याउन नसक्ने भएकाले यस वर्ष प्रदेश आवधिक योजना बनाउने वर्षका रुपमा घोषणा गरी काम भइरहेको उनले जानकारी दिए ।

“आगामी आर्थिक वर्षमा आवधिक योजनामा आधारित बजेट ल्याउँछौँ,” उनले भने । उनले आवश्यक विधी र कानूनको अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको हुँदा सीमित साधनस्रोत परिचालन गरी चालू आवमा अगाडि सारेका २५० योजनाको काम शुरु गरिने स्पष्ट पारे ।

“प्रदेशअन्तर्गत १०८ विभागीय कार्यालय स्थापना गरिसकेका छौँ,” उनले भने । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ कर्मचारीका लागि आकर्षणको प्रदेश भएको बताए । “समायोजनका लागि फारम भर्ने कर्मचारी अधिकांशले यस प्रदेशमा आउन चाहेका छन्,” उनले भने, “अहिलेसम्म सहमति र सहकार्यको संस्कृतिबाट अघि बढेका छौँ । त्यसलाई कायम गरौँ । अहिले विवाद कचिङ्गल ग¥यौँ भने सुधार्न गाह्रो हुन्छ । भविष्यका लागि सोचौँ ।” रासस

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार ००:००