१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माण बारे सरकारको ध्यानाकर्षण



पुस १९, काठमाडौै । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्या लगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतरा सडक छिटो निर्माण गर्न सरकारसँग माग गरे ।

सांसद राजेन्द्रकुमार केसी, भवानी खापुङ, यज्ञबहादुर बोगटीले सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विकले समानुपातिक सांसदलाई बजेट विनियोजन गर्दा विभेद गरेकोप्रति आपत्ति प्रकट गरिन् । सांसद भरतकुमार शाहले भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णय सञ्चाइ सांसद आवास गृह बनाउन माग गरे ।

सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको दुई अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माण लगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गरे ।

सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडीचाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गरे ।

सांसद रंगमती शाहीले निर्मला हप्याकाण्डका विषयमा अध्ययन गर्न सरकार सफल नभएको हुँदा महिला सांसदलाई सो विषयमा अध्ययन गर्ने जिम्मा दिएमा दोषी पत्ता लगाउने बताइन् ।

सांसद राजेन्द्रप्रसाद गौतमले सरकारले सङ्घीय तथा स्थानीय विकास मन्त्रालयको डोलीडार आयोजना एकातिर बजेट अर्कोतिर भएकाले बजेटको यकिन गर्न माग गरे । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००