१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी पूरा



पुस १२, पोखरा । पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल ९रेवान० पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । फेवाताल किनारामा रेवानले सो महोत्सव गर्दै आएको छ ।

रेवान पोखराका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल भीमसेन ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

पोखरा सडक महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिचान जस्तै बनिसकेको बताउँदै उनले लेकसाइडको तीन किमी क्षेत्रलाई समेटेर ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गते ९डिसेम्बर २८ देखि जनवरी १० सम्म महोत्सव गर्न लागिएको बताए ।

उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारआदिको स्वाद लिनुका साथै विभिन्न प्रस्तुति गरिनेछ ।

महोत्वसका क्रममा एक करोड ५० लाख आम्दानी एवं एक करोड २० लाख खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै अध्यक्ष भुजेलले बचत रकम सामाजिक सेवा, पर्यटकीय विकास लगायतका क्षेत्रमा खर्च गरिने बताए ।

पर्यटकलाई लक्षित गरी प्रभावकारी सुरक्षाका लागि २४ वटा नाइटभिजन सिसी क्यामरा र सडक लाइटको व्यवस्थाका साथै पोखरामा रात्रिकालीन बस सेवासमेत उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं गोर्खा ब्रुअरी प्रालि, नेपाल डिष्टिलरी प्रालि र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार ००:००