११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुने



पुस ११, सोलुखुम्बु । जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् ।

पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको सावीक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगीसकेको छ ।

गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको भए पनि सहज नभएको बस चालक बलराम थापा बताउछन् । नदीमा १६ ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको थियो । “बेलिब्रिज जस्तो सहज हुँदैन,” उनले भने । पानी बग्ने सबै क्षेत्रमा ह्युमपाइप छैन । आधा पानीमै हिँड्नुपर्ने हुँदा समस्या हुने गरेको छ ।

दूधकोशीमा बेलिब्रिज निर्माण भए जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ । कृषि उपज बजार लैजान तथा बाह्य सामग्री ल्याउन सहज हुने छ ।

“ह्यमुपाइप पूरै खोलामा राख्न नसक्दा सवारी साधन चलाउन निक्कै गाह्रो हुन्थ्यो,” अर्का चालक मानबहादुर घतानीले भने । उनले पक्की पुल बनाउन पहल गर्न आवश्यक रहेको बताए । दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले ४६ लाख बजेट विनियोजन गरिसकेको छ । रासस

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार ००:००