९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र स्थापना



पुस १०, बेत्रावती । नुवाकोटको शिवपुरी गाउँपालिका ५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

शिवपुरी गाउँपालिकाको ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी) को ९ लाख ६८ हजार तथा स्थानीय किसानको एक लाख ८६ हजार लगानीमा कृषि सामग्री सङ्कलनका लागी पक्की भवन निर्माण गरिएको हो ।

भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटन गरे । “मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्छ,” उनले भने । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ मार्फत शिवपुरी गाउँपालिकालाई समावेश गरी कृषि चक्रपथ निर्माणका लागि ३० लाख बजेट तर्जुमा गरी कृषिको विकास गर्न आफू सक्रिय भएर लागेको उनले बताए ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण भएकाले कृषि पर्यटनमार्फत विकासका लागि सङ्कलन केन्द्रको स्थापनाले सहयोग पुग्ने बताइन् ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सङ्कलन केन्द्रका लागि आवश्यकताअनुसारको अनुदान सहयोग पु¥याएको र अबका दिनमा किसानले उत्पादन गरेका तरकारीलाई खेतबारीदेखि केन्द्रसम्म र केन्द्रदेखि बजारसम्म पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनमार्फत सवारी साधनको व्यवस्था गर्न लागेको जानकारी दिए । केन्द्रको स्थापनापछि शिवपुरी गाउँपालिकाका ६६० परिवार लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार ००:००