८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाटो निर्माण हुँदा स्थानीयवासीमा उत्साह



पुस ७, इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–५ वसन्तपुरका मधुसुदन मण्डललाई घर अगाडि रहेको बाटो निर्माण नहुँदा समस्या थियो ।

बाटो निर्माण नहुँदा उनलाई दैनिक आवतजावत गर्नका लागि समस्या हुने गरेको थियो । बाटो मर्मतसम्भार नभएकै कारण गाउँबस्तीमा कोही व्यक्ति बिरामी परिहाले तत्काल अस्पताल सम्म पु¥याउनका लागि समस्या हुने गरेको थियो तर अब उनले त्यो समस्याबाट मुक्ति पाउने भएका छन् ।

उनीजस्तै स्थानीयवासी सूर्यनारायण मेहताको समस्या पनि उस्तै थियो । उनलाई गाउँभन्दा बाहिर जानुपर्ने भएका बेला राम्रो लुगाफाँटा झोलामा हालेर जाने र राम्रो बाटोमा गएपछि लगाउनुपर्ने बाध्यताले सताउने गर्दथ्यो तर अहिले उनले पनि त्यो समस्याबाट मुक्ति पाउनेभएका छन् ।

त्यो क्षेत्रका लागि दुई जना उदाहरणका पात्र मात्रै हुन् । त्यहाँका सयौँ स्थानीयवासीको समस्या एउटै थियो । कहिले बाटो बन्ला र राम्रो बाटोमा आवतजावत गरौँला तर हरिनगर गाउँपालिकाले त्यहाँको स्थानीयवासीको समस्यालाई निराकरण गर्नका लागि हरिनगर २ रामनगर भुटाहामा रहेको शिव मन्दिरदेखि पश्चिम बसमतियासम्म जाने बाटो कालोपत्रे गर्ने कार्य शुरु गरेको छ ।

बाटो निर्माण र कालोपत्रे गर्ने कार्य शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । बाटो नबनेका कारण बिरामी, सुत्केरी महिला, गर्भवती महिलालाई अस्पताल पु¥याउनका लागिसमेत दुःखको समाना गर्दै आएका स्थानीयवासीले अब बाटो निर्माण भएपछि त्यो सास्तीबाट मुक्ति पाएको स्थानीयवासीको भनाइ छ ।

हरिनगर गाउँपालिकाले बहुवार्षिक योजना अन्तर्गत आठ करोड ७० लाख लागतमा ४० फिट चौडाइ र साढे तीन किलोमिटर लम्बाइको बाटो निर्माण गर्नका लागि आसिरबाद कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

यसरी गाउँपालिकाले चालेको विकास निर्माणको कार्यलाई स्थानीयवासीले सकारात्मक रुपमा चर्चाको विषय बनाएका छन् । त्यसले हरिनगर गाउँपालिकाले थालेको विकास निर्माणको कार्यबाट अन्य गाउँपालिकाले सिक्नुपर्ने अहिलेको आवश्यक्ता देखिन्छ । रासस

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार ००:००