२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माझी युवालाई प्रदेश सांसद लामाबाट कम्प्युटर प्रदान



कात्तिक २२ मेलम्ची । प्रदेश नम्बर ३ सदस्य निमा लामाले माझी समुदायलाई कम्प्युटर प्रदान गरेर तिहारको शुभकामना दिएका छन् ।

मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उने माझी समुदायमा रहेको नवज्योति जनजागरण सांस्कृतिक परिवारलाई आठ कम्प्युटर र एक प्रिन्टर प्रदान गरेका छन् ।

माझी युवाले अध्ययन गरे पनि उच्च शिक्षा अध्ययनका क्रममा कम्प्युटरको ज्ञान नहुँदा अरुभन्दा कमजोर भएको पाइएकाले आफूले सहयोग गरेको सांसद लामाले जानकारी दिए ।

माझी समुदायका युवा पढाइमा अब्बल छन् । स्थानीय विद्यालयका कम्प्युटर शिक्षक अमृत माझीको संयोजनमा युवालाई दैनिक कम्प्युटर शिक्षा दिइने उक्त क्लबले जनाएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार ००:००