१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना



 

भदौ ११, दाङ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् ।

स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ ।

दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ ।

उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने बताइन् । त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ००:००