६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्मार्ट सिटी’ बारे जानकारी दिँदै नाष्ट



पुस ५, गोदावरी । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्ट ले स्थानीय तहमा ‘स्मार्ट सिटी’ को अवधारणाबारे जानकारी दिन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

“सबै स्थानीय तहमा गई त्यहाँका पदाधिकारीलाई ‘स्मार्ट सिटी’ बारे जानकारी दिन चाहेका थियौँ तर रकम अभावका कारण जान सकिएन,” ढकालले भने, “यदि कुनै स्थानीय तहका पदाधिकारीले हामीलाई बोलाए हामी जान तयार छौँ ।”

एक वर्ष पहिले गण्डकी प्रदेशमा यस्तो कार्यक्रम गरिएकामा दोस्रो चरणमा यही पुस ७ गते प्रदेश नं १ को झापामा यसलाई निरन्तरता दिइने उनले जानकारी दिए । दक्षिण कोरियाबाट आएका प्राविधिक नाइपा एडमाइजरले नाष्टसँगको सहयोगमा अमेरिका लगायत अन्य विकसित शहरमा कसरी ‘स्र्माट सिटी’ निर्माण भएको छ भन्ने जानकारी गराउँदै आएका छन् । रासस

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार ००:००