२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीको दशरथचन्द नगरपालिकामा सौर्य बत्ती जडान

लेखक स्थानीय खबर १ पुस २०७५, आइतबार १ मिनेट पढाइ

पुस १, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो ।

आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह बोहराले जानकारी दिए । सदरमुकाम क्षेत्रका बजारहरु गढी, गोठलापानी, शाहिलेकमा गत वर्ष नै सौर्यबत्ती जडान गरिएका थिए भने देहिमाडौं बजार र त्रिपुरासुन्दरी क्षेत्रमा चालू आवमा सौर्य बत्ती जडानको काम भएको हो ।

दशरथचन्द नगरपालिकाले करीब ७० लाखको लगानीमा उक्त मात्रामा सडक सौर्य बत्ती जडान गरेको हो । विद्युत्भार कटौतीका समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले सडक सौर्यबत्ती जडान गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए ।

आगामी दिनहरुमा सडक सौर्यबत्ती जडान कार्य नगरक्षेत्रका अन्य ठाउँमा पनि जडान गरिने बताइएको छ । सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई निकै सुविधा भएको छ । रासस

प्रकाशित मिति : १ पुस २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।