१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ



 

मङ्सिर १९, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युतको पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताए ।

छिन्नमस्ता गाउँपालिका १ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत् ऐन अनुसार जनही १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ००:००