२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने



 

मङ्सिर १२, काठमाडौं । काठमाडौंको लैनचौरमा छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिए ।

“प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्,” अध्यक्ष तिवारीले भने ।

महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताए ।

एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००