१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास सम्भव नभएपछि चेपाङबस्ती स्थानान्तरण तयारी



जेठ १२, धादिङ । दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि बस्ती नै स्थानान्तरणको तयारी गरिएको छ ।

खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेका चेपाङ समुदायले वषैँदेखि विकासका लागि याचना गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसकेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

उक्त गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरी यहाँका ३६ घरपरिवार चेपाङलाई आगामी दशैँअघि नै स्थानान्तरण गरिने गरी योजना बनाइएको योजना कार्यान्वयन गराउन गाउँमै पुगेर छलफल गरिएको थियो । सङ्घीय सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मा, प्रहरी उपरीक्षक राजकुमार बैदवार लगायतको टोली सो गाउँमा पुगेर चेपाङ समुदायको तर्फबाट प्रस्तुत ज्ञापनपत्र बुझ्दै बस्ती सारेर मात्र विकास गर्न सकिने सङ्घीय सांसद भूमि त्रिपाठीले बताए ।

डाँडाको सबैभन्दा माथि भएकोले खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य सेवा र खाद्यअधिकार उपलब्ध गराउन कठिन भएको तर बस्तीलाई बेसीमा सार्दा समस्या समाधान गर्न सकिने उनको भनाइ थियो । वर्षौदेखि खानेपानी तथा खाद्यान्नको सङ्कट भोग्दै आएका चेपाङ समुदायको सम्मानजनक जीवनयापनका लागि नयाँ ठाउँमा सार्नुको विकल्प नभएकाले त्यस्को विकल्प खोजी गरिएको अध्यक्ष डल्लाकोटीले बताए ।

सबैको घर बनाउन, खेतीका लागि जमीन, शौचालय, खानेपानी, नजिकै माध्यामिक तहको विद्यालय, सीप विकासका लागि तयारी र स्वास्थ्यचौकीसमेतको व्यवस्था गरिने उनको भनाइ थियो । सुझाव पछि आफूहरू बस्ती सार्न सहमत भएको अगुवा चेपाङ टेकबहादुरले बताए ।

गाउँवासीले आफूहरु मानव भएर बाँच्नका लागि कुनै पनि पूर्वाधार गाउँमा नभएकाले खानेपानी, खाद्यान, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सडक र बिजुली लगायतको व्यवस्था गर्न माग गर्दै आएका थिए । समुद्री सतहबाट एक हजार ८४५ मिटर उचाइमा रहेको बु्रसवाङ गाउँमा ३६ परिवार चेपाङको बसोवास छ ।

खानेपानी र खाद्यानको सङ्कट रहेको यो बस्तीमा फागुन महीनामा छरेको मकै कात्तिक महीनामा मात्रै पाक्ने गर्दछ । भिरपखेरामा मकैखेती हुने गरे पनि त्यसबाट हुने उत्पादनले वर्षको चार महीना पनि छाक टार्न मुस्किल हुने भएकाले गाउँमा विकास नहुने भएपछि गाउँवासी बस्ती सार्न तयार भएका हुन् । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार ००:००