२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यासको नगरपालिकाकाे विकास योजनामा अमेरिकी दूतावासको चासो



 

असोज १३, दमौली । अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको हो ।

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको वर्तमान अवस्था, योजना छनोटसम्बन्धी जानकारी तथा नगरपालिकाले तयार गरेको भावी विकासका गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

भर्खरै सङ्कलित तथ्याङ्कसम्बन्धी जानकारी र दैनिक रूपमा नगरपालिकाबाट नगरवासीलाई दिइने सेवा सुविधाका बारे न्यौपानेले जानकारी दिएका थिए ।

आरमेन्टले आफूलाई स्थानीय तहमा ग्रामीण तहका जनताको प्रतिनिधित्व गरी जनप्रतिनिधिले गरिरहेका विकास निर्माणका कामप्रति अत्यन्त चासो भएको बताइ । साथै व्यास नगरपालिकाको कामप्रति पनि आरमेन्टले सराहाना गरे ।

आरमेन्टले स्थानीय तहले आफूले गरेका कामलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जनता माझ समक्ष पु¥याएर त्यसबाट प्रतिकृया लिनु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँका १० स्थानीय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भूमिकाका बारेमा जानकारी गराएका थिए । रासस

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ००:००