१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायणः पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक



 

भदौ ७, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आज पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ ।

नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गरे ।

भक्तपुरमा इँटाभट्टाले वातावरण प्रदूषण गरिरहेको बताउँदै उनले जिल्लामा स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन खोज्दा विकास विरोधी तत्वले अवरोध गर्न खोजेको बताए । उनले भने, “ भक्तपुरको विकास अब कसैले रोक्न सक्दैन र यहाँ रङ्गशाला पनि बन्छ ।”

भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउने, जग्गा एकीकरण गरी सार्वजनिक जग्गालाई एकै ठाउँमा ल्याएर एक हजार रोपनीमा रङ्गशाला बनाउने बताउँदै सांसद बस्नेतले १६ करोडको लागतमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम शुरु भएको बताए ।

प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा र सरस्वती बाटीले करको नाममा भ्रम फैलाउँदै फेरि सरकारमाथि प्रहार गर्न विरोधी सक्रिय रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा लगायतले विकासलाई कसैले अवरोध गर्न नहुने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ०७८ पुस महिनाभित्र चाँगुनारायणलाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने बताउँदै प्रदेश नं ३ मै पहिलोपटक यस नगरपालिकाले सरसफाइ योजना सार्वजनिक गरेको दाबी गरे । नगरपालिकाले कुनै पनि शीर्षकमा कर वृद्धि नगरेको उनले दाबी गरे ।
रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००