१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना बन्ने



रमेश गिरी

पुस २९, भक्तपुर । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूना नगरपालिका बन्ने विश्वास व्यक्त गरेका छन् । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उनले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताए ।

पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख गर्दै यो नगरलाई धार्मिक परिपथ एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए ।

“यातायातको सहज पहुँच हुनेगरी सडक विस्तार गर्ने, झोलुङ्गे पुलदेखि सुरुङ मार्ग एंव मानव निर्मित तलाउसम्मको निर्माण गर्ने र अन्तर्राष्ट्रिय रङ्गशालादेखि प्राणी उद्यानसम्म सूर्यविनायकमै निर्माण हुन लागेकाले यस क्षेत्रको मुहार चाँडै फेरिन्छ,” उनले भने ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ‘समृद्ध सूर्यविनायक, सुखी नगरवासीको’ नारा सार्वजनिक गर्दै नगरपालिकाको तेस्रो नगर सभामा तय गरिएको ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने दृष्टिलाई साकार बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गरे ।

उनले पूर्वाधारको विकासमार्फत पहुँच अभिवृद्धि, सामाजिक विकासमार्फत समाजको रुपान्तरण, आर्थिक समृद्धि, वातारवण संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास, प्रभावकारी न्याय सम्पादन, आन्तरिक राजश्वको सुदृढीकरण लगायत रणनीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिए । रासस

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार ००:००