२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकाका ७० स्थानमा ‘स्मार्ट डस्टबिन’

लेखक स्थानीय खबर ११ मंसिर २०७५, मंगलबार २ मिनेट पढाइ

 

मङ्सिर ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौं उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन ९अधुनिक फोहर सङ्कलन गर्ने भाँडो० राख्न शुरु गरेको छ ।

कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो । आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौंका बढी र ललितपुरका केही स्थानमा भाँडो राख्ने तयारी गरिएको छ ।

अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल लगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ । आगामी एक हप्ताभित्रमा पहिलोचरणमा राख्ने भनेजति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सका निर्देशक शैलेश कुँवरले जानकारी दिए ।

कुँवरले भने, “यस किसिमको भाँडो अत्याधुनिक छ, यसले फोहर सङ्कलन मात्रै गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ, यसले जानकारी लिनका लागि नक्सा निर्देशको काम पनि गर्दछ ।”

चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौं उपत्यकोका बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने कुँवरले जानकारी दिए । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सधैँ कठिन परेकाले सानो सहयोग होस् भनेर शुरु गरिएको कुँवरले बताए । पहिलो चरणमा ७० वटै स्थानमा राख्ने काम सकेछि विद्यालयका बालबालिकालाई पनि यसबारे जानकारी दिन कार्यक्रम शुरु गरिने छ ।

कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेले महानगरले नै गर्नुपर्ने काम निजी कम्पनीले चासो देखाएपछि काम शुरु भएको जानकारी दिए । “अत्याधुनिक यस्ता डस्टबिनको आवश्यकता पनि थियो,” उनले भने, “सडकमा यात्रा गरिरहेका नागरिकले अब जहातहीँ फोहर फल्न पाउनेछैनन्, आफूलाई पायकपर्ने स्थानका ती भाँडोमा फोहर राख्नुपर्नेछ र सहरलाई सफा राख्नेतर्फ ध्यान दिनुपर्छ ।”

कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्नेछ ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।