३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाब्दीखोलामा निर्माणाधीन पुल अलपत्र



 

मङ्सिर ११, तनहुँ । बुद्धसिं मार्ग अन्तर्गत पर्ने लाब्दीखोलामा निर्माणाधीन पुल विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । साविकको देउराली र छिम्केश्वरी गाविस जोड्ने करीब ४० मिटर लामो उक्त पुलको ठेक्का बिटी–जयबाबा जेभिजका प्रोपाइटर श्यामकुमार श्रेष्ठले काम गर्न छाडेपछि पुल निर्माण कार्य अलपत्र बनेको हो ।

करीब ३ करोड ७८ लाखमा सम्झौता गरी निर्माण कार्य थालिएको सो पुल निर्माणका लागि २०७० चैत १९ मा सम्झौता भएको थियो । विसं २०७२ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने प्रावधान सम्झौतामा रहेको भएपनि २०७५ मङ्सिर महीना बित्न लाग्दासमेत काम शुरु नभएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पोषराज पौडेलले बताए ।

विसं ०७५ भदौमा जिल्ला प्राविधिक कार्यालयले सूचना प्रकाशित गरेपछि सात दिनभित्र ठेकेदार श्यामकुमार श्रेष्ठ सम्पर्कमा आई जिल्ला समन्वय समितिको समेत रोहबरमा कागज गरी तत्कालै काम अघि बढाउने सहमति भएकोमा त्यसपछि ठेकेदार सम्र्पकविहीन हुँदै आएको इञ्जिनीयर पौडेलले जानकारी दिए ।

निर्माणाधीन पुलको हालसम्म दुवै साइडको पिल्लरको तीन वटा लिफ्टको काम मात्रै भएको एलआरविपीका टेक्निकल अफिसर सन्तोष गुरुङले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००