८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेझा स्वास्थ्य चौकीमा प्रसुती सेवा शुरु



 

मङ्सीर ११, बेझाड । रामपुर नगरपालिका १० स्थित गेझा स्वास्थ्य चौकीमा आजबाट प्रसुती सेवा शुरु भएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले सो सेवाको उद्घाटन गर्दै प्रसुती सेवा सुचारु भएसँगै महिलालाई स्वास्थ्य संस्थामा पुगेर प्रसुती गराउन सजिलो हुने बताए ।

सो अवसरमा सुरक्षित गर्भपतन सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र पाठेघरसम्बन्धी अन्य सेवासहित अस्थायी परिवार नियोजन सेवाको शिविर सञ्चालन गरिएको थियो । शिविरमा यस क्षेत्रका १२५ जना नागरिकले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख बिक्रम भण्डारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००