१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुखद्धारा तलब भत्ता विद्यालयलाई



 

मङ्सिर ६, राजापुर । बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन् । नगरप्रमुख क्षेत्रीले भने, “राजनीति जनताका लागि गर्ने हो, पैसा कमाउन होइन ।”

उनले नगरपालिका–१ सूर्यपटुवाअन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयलाई तीन महीनाको तलब एक लाख पाँच हजार सहयोग गरेका छन् । होटल व्यवस्थापन कक्षा सञ्चालन र भौतिक पूर्वाधार विकास लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सवमा उनले सो रकम सहयोग गरेका हुन् ।

उनले भने, “यहाँबाट नै आफ्नो सामाजिक कार्यको शुरुआत गरेको छु ।” क्षेत्रीले यसअघि एक महीना बराबरको तलब बिरामीको उपचारका लागि खर्च गरेका हुन् ।

प्रत्येक वडामा प्रविधिक कक्षा सञ्चालनार्थ र भौतिक अवस्था कमजोर रहेका विद्यालयलाई सहयोग गर्ने उद्देश्य लिएको बताउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार ००:००