९ चैत्र २०८०, शुक्रबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर



 

मंसिर ६, मंगलबारे । केही दिनयता इलाम, पाँचथर र ताप्लेजुङका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चाँैरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।

अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ ।

ताप्लेजुङ र पाँचथरमा मात्र रहेका ६ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताए । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौँरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन् ।

असोज महीनादेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ । चिसो नहअटेसम्म ती गोठ बेँसीमै रहन्छन् । वैशाख महीनादेखि गोठ उभो लाने क्रम शुरू हुने माइमझुवाका चौँरीपालक लालबहादुर राईले बताए । रासस

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार ००:००