२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुस ५ देखि इलाममा पर्यटन महोत्सव हुने

लेखक स्थानीय खबर ५ मंसिर २०७५, बुधबार १ मिनेट पढाइ

 

मङ्सिर ५, पशुपतिनगर । पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवर्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ ।

इलाम पर्यटन प्रवर्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवर्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए ।

इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलबाट प्याकेज बिक्री, जातीय खानाको परिकार, प्रदेश नम्बर १ का होटल व्यवसायीको भेला आयोजना हुनेछ ।

यस्तै चार जिल्लाका पर्यटन व्यवसायीको भेला, विभिन्न साहित्यिक श्रेत्रबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भेँडा, चौरी, अवलोकन, घोडचढी लगायतका कार्यक्रम राखिएको छ ।

इलाम लगायत मेचीका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग गर्नेछ । यस्तै इलामको अन्तु, कन्याम, सन्दकपुर, पाथिभरा लगायत पर्यटकीय क्षेत्रको प्रवर्धन गरिने आयोजक समितिले जनाएको छ ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।