४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छः नेता शर्मा



 

कात्तिक ३०, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् ।

नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसंगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताएका थिए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासंग आग्रह गरेका थिए ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ००:००