७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउसीको रकमबाट महिला तथा बालबालिका भवन निर्माण गरिने



 

कात्तिक २७, सोलुखुम्बु । देउसी भैलोबाट सङ्कलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ । यहाँको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाले आयोजना गरेको देउसी भैलोबाट सङ्कलन भएको ३ लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो ।

वडाध्यक्ष रामसङ्घर्ष किराँतीका अनुसार जनतासँग भेटघाट देउसी भैलो कार्यक्रम अन्तर्गत उक्त रकम सङ्कलन भएको हो । देउसीबाट सङ्कलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो, वडाध्यक्ष किराँतीले भने, “वडामा निर्माण गरिने उक्त भवनको लागि गाउँपालिकाबाट १० लाख विनियोजन भएको छ, त्यसैमा रकम थप गरेर सोचेको भन्दा राम्रो वनाउने योजना छ ।”

उपभोक्ता समितिमार्फत योजना सञ्चालन हुँदा कूल बजेटको २० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । वडा कार्यालयको संयोजकत्वमा प्रगतिशील महिला समूह, परिवर्तनशील बाल क्लब, र सोही वडाको शुक्रबारे बजार व्यवस्थापन समितिले संयुक्तरुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेका थिए ।

देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग गर्न नदिन वडा कार्यालय सचेत रहेको पनि अध्यक्ष किराँतीको दाबी छ । उनले भने, “अन्य विभिन्न सङ्घसंस्थाले आफ्नै उद्देश्य राखेर देउसी खेलेका छन् त्यसको वडा कार्यालयले निगरानी राख्नुपर्छ ।”
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार ००:००