२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक सेवामा



 

कात्तिक २६, दाङ । तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित ५९ हजार ८४० रकममध्ये ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उक्त समाजमा रहेका पाँच वृद्धवृद्धालाई न्यानो कपडाका साथै कार्यालय व्यवस्थापनका लागि कम्प्युटर उपलब्ध गराइएको देउसी–भैलोको नेतृत्वकर्ता तुलसीपुरमा स्थायी घर भई हाल जापानमा बस्दै आएकी शोभा खत्रीले जानकारी दिइन् ।

अन्य बाँकी रकम पनि सामाजिक काममा लगाउने जानकारी दिँदै उनले धेरैपछि आफ्नो जन्मभूमिमा कला र संस्कृतिको संरक्षणका लागि देउसी–भैलो खेल्ने अवसर प्राप्त भएकामा खुशी लागेको र सङ्कलित बाँकी रकम सामाजिक काममा लगाउन पाउँदा झनै खुशी भएको बताइन् । सहभागी महिलाले तुलसीपुरका हिम्मती छोरी तथा बुहारी देउसी भैलो समूहको ब्यानरमा देउसी–भैलो खेलेका थिए ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ००:००