७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरैनापुर गाउँपालिकाको मुहार फेर्ने प्रतिबद्धता



 

कात्तिक २५, नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पाँच वर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नरैनापुरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री राईले नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे । उनले भने, “मैले आफ्नो मन्त्रालय अन्तर्गतका केही योजना यो वर्ष पारेको छु, अन्य योजना आगामी वर्षमा थपिँदै जान्छन्, अरू मन्त्रालयसँग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।”

मन्त्री राईले बस्ती सुधार कार्यक्रम अन्तर्गत नरैनापुरलाई स्मार्ट भिलेज बनाइने उद्घोष पनि गरे । “प्रदेश नं ५ मा चार वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकामा बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा दुई वटा स्मार्ट भिलेज बनाउने योजना परेको छ” उनको भनाइ छ ।

जनता आवास कार्यक्रम अन्तर्गत यो वर्ष नरैनापुरका ३०० घरपरिवारलाई आवास दिइने पनि उनले बताए । जनता आवास कार्यक्रम अन्तर्गत फुसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिए ।

त्यस अवसरमा जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेष रुपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार ००:००