१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार वर्षपछि बल्ल बन्ने भो झोलुङ्गे पुल



नवलपरासी, चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरुहुने भएको छ ।

राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिए । स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा २ सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ ।

यसअघि चितवन राष्ट्रिय निकुन्जले सहमति नदिँदा काम अलपत्र परेको थियो । तर अब राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय निकुञ्जले सहमति दिएपछि अलपत्र परेको झेलुङ्गे पुलको निर्माण आयोजनाको काम पुनः सुरु गर्न लागिएको स्थानीय विकास अधिकारी कटेृलको भनाइ छ ।

पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि चितवनस्थित वाल्मीकि आश्रम जान निकै सजिलो हुनेछ । हाल वाल्मीकि आश्रम जान एक मात्र विकल्प भारतीय भूमि प्रयोग गरी जानुपर्ने बाध्यता रहेको छ । वाल्मीकि आश्रम धार्मिक दृष्टिकोणले नेपाली र विदेशी पर्यटकका लागि निकै महत्वपूर्ण स्थल मानिन्छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००