कात्तिक १९, राजविराज । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।
जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा धिरु ले बताए ।
साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेल मैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । उक्त खाली जग्गामा चाँडै नै खेल मैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले जानकारी दिए ।
रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।