२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने

लेखक स्थानीय खबर ८ आश्विन २०७५, सोमबार १ मिनेट पढाइ

 

असोज ८, जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमअनुरूप सो योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

योजनालाई सार्थकता दिन यही असोज १२ गते एकै दिनमा प्रदेशभरिमा ५० हजार बिरूवा रोप्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षरोपण कार्यक्रमका लागि आठ जिल्लाका वन कार्यालयले समन्वय गर्ने बताइएको छ । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुनेछ ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।