८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय



 

असोज ७, दमौली । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् ।

वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।

पुराना पोखरी संरक्षणको लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रम अन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहँुले केही आर्थिक सहयोग गरेको छ । गैसस समन्वय समितिले रुम्सीको चार पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि ४० हजार बजेट उपलब्ध गराएको छ ।

उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरीमाया रानाले बताइन् ।

रुम्सीकै शिवशक्ति आमा समूहले पुराना पोखरीको संरक्षणको पहल गरेको समयमा गैसस समन्वय समितिले नै हरियो वन कार्यक्रम अन्तर्गत पुराना पानी पोखरी संरक्षण कार्यक्रम आफ्नो गाउँमा ल्याएपछि आफूहरूलाई निकै सजिलो भएको उनले जानकारी दिइन् ।

वर्षाको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयभरि वन्यजन्तु र घरपालुवा चौपायालाई पानी उपभोग गर्न पुग्ने सामुदायिक वनका सचिव ज्ञानबहादुर थापाले बताए ।

गैसस समन्वय समिति तनहँुका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रम अन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भूपरिधि क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए ।
रासस

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार ००:००