८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने



 

भदौ २९, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रमा परेका बस्तीको पुनर्निर्माण गर्दा मौलिक स्वरुपलाई यथावत् कायम गर्ने निर्णय गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायत पुनःनिर्माणका लागि प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीलाई मौलिक पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यसैगरी कार्यकारी समितिले दुई वा दुईभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाका खोकना, बुङ्मती, साँखु, किलागल जस्ता बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय प्राधिकरण कार्यकारी समितिले गरेको छ ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ००:००