२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनाधिकृत रुपमा नदीजन्यपदार्थ उत्खनन, नौ स्काभेटर नियन्त्रणमा

लेखक स्थानीय खबर २२ भदौ २०७५, शुक्रबार १ मिनेट पढाइ

 

भदौ २२, मेलम्ची । नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिए ।

यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ ।

यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको अनटेष्ट स्काभेटर र हेलम्बु गाउँपालिका–२ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२ नम्बरको मिनीट्रक पनि कारवाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ ।

सरकारले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गिरोह सक्रिय हुँदै आएकाछन् ।
रासस

प्रकाशित मिति : २२ भदौ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।