२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित

लेखक स्थानीय खबर १५ भदौ २०७५, शुक्रबार १ मिनेट पढाइ

 

भदौ १५, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।

कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भैँसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य सामग्रीलगायत सम्पूर्ण सामान पहिरोले बगाएको छ ।

त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दलबहादुर रावल, कृतिबहादुर रावल, नन्ने कामी र लालबहादुर खड्कालगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीय रणबहादुर खड्काले जानकारी दिए ।

भीषण वर्षापछि आएको बाढी पहिरोले बगाएर १०० हेक्टर बढी जमीनमा लगाइएको धानबाली नष्ट हुनुका साथै जमीननै झण्डै १० मिटर जति तल भाँसिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरेको खड्काले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ भदौ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।