१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँचाइका लागि २० हेक्टर क्षेत्रमा पोखरी निर्माण



 

भदौ ७, बर्दिया । जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो ।

उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ ।

अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । यहाँ सिञ्चीत क्षेत्रफल ४२ हजार ५८ हेक्टर रहेको छ । यहाँ वर्षभरि सिँचाइ गर्न सकिन्छ । यस वर्ष कार्यालयले खेतीयोग्य जमीनमा ११ करोड ५० लाख लगानी गरेको छ । मसिना धान उत्पादन प्रवद्र्धन कार्यक्रम जिल्लाको ६ पकेट क्षेत्रमा सञ्चालन गरिएको रावतले बताए ।

केराखेती, माछापालन र तरकारी खेती पकेट बनाइ गरिँदै आएको छ । पाँच हेक्टरमा तरकारी खेती गरिएको छ । जिल्लामा आव २०७४÷७५ देखि युवा लक्षित व्यावसायिक तरकारीखेती कार्यक्रम सञ्चालनमा छ । जिल्लामा ६० हजार १०० हेक्टरमा धान रोपाइँ गरिन्छ । जिल्लामा परम्परागत कृषि प्रमाणीमा सुधार गर्दै व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।

पछिल्लो समय कृषिमा अनुदानसमेत बढेको छ । युवा लक्षित कार्यक्रम अन्तर्गत ठूलो मात्रामा कृषकलाई अनुदान दिन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा विभिन्न कृषि मेला आयोजना गर्दैआएको छ । कर्णाली र बबई नदीको पानीबाट खेत सिञ्चित गरिँदै आएको छ ।
रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००